कोदुरी सृसैला श्री राजामौलि, अर्थात् एस एस राजामौलीको नया फ्लिम आर.आर.आरको ट्रेलर आज सार्वजनिक भएको छ। यस फ्लिमका लेखक केभी विजयेंद्र प्रसाद हुन् जसले बजरंगी भाइजान, मनिकर्निका, बाहुबली जस्ता फ्लिम लेखेका हुन्।

यस फ्लिममा अजय देवगन, राम चरण, एन.टी.आर आलिया भट्ट, ओलिभिया मोरिस, समुथिर्कानी, एलिसन डोडी, रे स्टिभसन जस्ता कलाकारको प्रस्तुति रहेको छ।

यो चलचित्र तेलुगु स्वतन्त्रता सेनानी अल्लुरी सीताराम राजु र कोमाराम भीमबाट प्रेरित काल्पनिक कथा हो। रामचरण सीतारामको भूमिकामा देखिनेछन् भने जुनियर एनटीआर आरआरआरमा कोमरामको निबन्धमा छन्।

महिलाको मुख्य भूमिकामा रहेकी आलिया भट्टले ट्रेलरमा आरु कलाकार झैँ धेरै समय पाउन सकिनन्। यसले गरेर उनलाई चाहानेहरुले मन दुखेको भनेर ट्रेलरको कमेन्टमा देखन सकिन्छ। हुन त अजय देवगनले पनि त्रैलेर्मा धेरै अमय पाउन सकेनन तर आलिया भन्दा बेसी समय पाएका छन्।

३ मिनट १५ सेकेन्डको ट्रेलरले सबै दर्शकको मन जितेको छ। हाल #RRR टुइटरमा ट्रेन्डिङ्गमा छ। करिब लाख प्रयोगकर्ताले #RRR को प्रयोग गरेर यसलाई ट्रेन्डिङ्गमा ल्याएका हुन्। यो फ्लिम पुष २३ गते सार्वजनिक हुने छ।

Recent Post