यही जेष्ठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ कार्यक्रममा सलमान खान नआउने भएका छन्। खान नआउने भएपछि ‘दबंग टुर रिलोडेड’ रोकिने भएको छ ।

सलमान खान र अन्य कलाकारको माग पुरा गर्न नसकिएको कारणले सो कार्यक्रम हाललाई नहुने भएको हो। सो कार्यक्रम अहिले रोकिएको र पछि हुनसक्ने जानकारी गराइएको छ।

‘दबंग टुर रिलोडेड’ कार्यक्रमको टिकट बिक्रि भैसकेका छन्। खान समावेश हुने कार्यक्रमको टिकट रु पाच हजार, दश हजार, पन्ध्र हजार र पच्चिस हजारमा बिक्रि भएको छ। यसबारे थप जानकारी आउन बाँकी छ।

Recent Post