रैनादेवीछहरा गाउँपालिकाका किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ । गाउँपालिकाभित्रका ७१ जनाले हाते ट्र्याक्टर अनुदानमा बुझेका छन् ।

किसान वर्गलाई सहजता प्रदान गर्न रैनादेवीछहरा गाउँपालिकाले अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको छ। गाउँपालिकाले खेतबारी खनजोत गर्न र उत्पादन बढाउने उद्देश्यले ७१ जना किसानलाई अनुदानमा उक्त ट्रयाक्टर वितरण गरेको हो।

आधुनिक प्रविधिबाट खेती गर्न र खेतबारी खनजोतमा सुविधालाई ध्यानमा राखेर किसानलाई हाते ट्र्याक्टर प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईले जानकारी दिनुभयो। पछिल्लो समयमा जमिन बाँझो हुने समस्या देखिन थालेको भन्दै भट्टराईले आगामी दिनमा गाउँपालिकाले कृषि प्रणालीमा परिवर्तन ल्याउने कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो।

“कृषकले जमिनको उचित प्रयोग गरी उत्पादनमा जोड दिनुप-यो” उहाँले भन्नुभयो, “यान्त्रीकरण, ज्ञान सीपका लागि पालिकाले आवश्यक सहयोग गर्नेछ” उहाँले फेरि थप्नुभयो, “ठूला ट्र्याक्टर भिरालो जमिनमा पुग्न समस्या हुने, खेतीयोग्य जमिन नबाँझियोस् “

खेतीयोग्य जमिनमा किसान आफैँले पनि हाते ट्र्याक्टर चलाउन सक्ने हुँदा यसप्रति कृषक आकर्षित भएको उहाँले बताउनुभयो। यस्तै कृषि शाखा प्रमुख सुनिता पोखरेलले दिएको जानकारी अनुसार गाउँपालिकाको ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ।

Recent Post