कर्णालीमा जंगली च्याउको सेवन गर्दा एकै परिवारका ५ जना विरामी परेका छन्। उक्त च्याउ सेवनले बाँफिकोट गाउँपालिका–७, का आशिराम खत्रीको परिवारका ५ जना मंगलबार बिरामी भएका हुन्।

बिरामी हुनेमा ३६ वर्षीय आशिरामसहित उनकी श्रीमती २६ वर्षीया कुमारी खत्री, ६ वर्षीय छोरा शेरबहादुर, ३ वर्षीया छोरी धनमाया र १४ वर्षका भान्जा निमबहादुर खत्री लगायत रहेका छन्। विरामी परेकाहरुलाई अहिले जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको बताइएको छ।

यस्तै जंगली च्याउ सेवनले विरामी भएका सदस्यहरुको उपचार सुरु भएपछि मात्रै होस खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले बताउनुभयो। उहाँको अनुसार जंगलबाट ल्याएको च्याउ नचिनेर खाँदा समस्या भएको हो।

Recent Post