अत्याधिक गर्मीको कारण योसेमाइट राष्ट्रिय निकुञ्जमा लागेको डढेलो तिव्र गतिमा फैलिए पछि अमेरिकाको क्यालीफोर्निया राज्यमा आपतकालिन घोषणा गरिएको जनाइएको छ। आगलागी हुँदा ३ दिन यता निरन्तर आगोको फैलिरहेको छ।

सेनाले आगो नियन्त्रण गर्न सक्दो प्रयास गरिरहेको बताइएको छ। साथै अहिले ४ हजार ८१५ हेक्टर सम्म डढेलोले छोपिसकेको छ। आगलागीको कारण ३ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने १० भन्दा बढी घरमा क्षति पुगेको बीबीसीले जनाएको छ।

यस्तै आगलागिबाट म्यारिपोसा काउन्टीमा तातो हावाको प्रभाव बढेपछि आपत्काल नै घोषणा गरिएको हो। गर्मी र सुख्खा मौसमका साथै खडेरीका कारण आगलागी तीव्र गतिमा फैलिरहेको गर्मी र सुख्खा मौसमका साथै खडेरीका कारण आगलागी तीव्र गतिमा फैलिरहेको जानकारी दिनुभयो।

उहाँको अनुसार अमेरिकामा यतिबेला तातो हावाको कहर चलिरहेको छ। उक्त स्थानमा बसोबास गर्ने मानिहरुको जनजीवन अस्तव्यस्त भएको समेत जनाइएको छ। मारिपोसामा शनिबार तापक्रम ३५.५ डिग्री सेल्सियस सम्म पुगेको थियो। अझै केहि दिन यस्तै क्रम चल्ने बिबिसीले जनाइएको छ।

Recent Post