भारतमा बलिउड फिल्मको सेटमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। लाभ रन्जनद्वारा निर्देशित रणवीर कपुर र श्रद्दा कपुर अभिनिती चलचित्र र राजश्री प्रोडक्सनको ब्यानरमा निर्माणाधिन चलचित्रहरुको सेटमा आगलागी भएको भारतीय सञ्चार माध्यमले जनाएको छ।

उक्त चलचित्रको सेटमा आगलागी हुँदा सोहि क्षेत्रमा कार्यरत ३२ वर्षीय मनिस देवासिको मृत्यु भएको छ भने उनीसंगै काम गर्ने एक जना कर्मचारी गम्भीर घाइते भएका छन्। साथै उक्त फिल्म चित्रकुट मैदान पश्चिम अन्धेरीको सेटमा आयोजना गरिएको थियो। यस्तै आगलागी नियन्त्रण गर्न करिब ५ घण्टा लागेको बताइएको छ।

भारतीय मिडिया रिपोर्टका अनुसार घटनामा परी ज्यान गुमाएका कर्मचारीले लभ रन्जनको सेटमा लाइटिङ्गको काम गर्ने गरेको पश्चिमी भारत सिने कर्मचारी महासंघका महासचिव अशोक दुबेले जानकारी दिएका थिए।

यसैगरि अहिले सम्म आगलागीको घटनाबारे कारण नखुलेको बताइएको छ। साथै लव रन्जनको फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेका फिल्म शुक्रबार बम्बे टाइम्ससँग आगलागी हुँदा सेटमा लाइटिङ्गको काम मात्र भइरहेको सोहि फिल्मका निर्माता बोनी कपूरले बताउनुभयो। उहाँको अनुसार शनिबारबाट छायांकन सुरु गर्ने अपेक्षा गरिएको छ।

भारतीय सञ्चार माध्यमको अनुसार राजश्री प्रोडक्सनको फिल्मबाट बलिउडमा डेब्यू गर्ने तयारी गरिरहेका धर्मेन्द्रका नाति र सनी देओलका कान्छो छोरा राजवीर देओल पनि आगलागीको समयमा फ्लिमकै सेटमा रहेको थिए।

Recent Post