
बैतडीमा एक गर्भवती महिलालाई हेलिकप्टरबाट अस्पताल पु-याउने क्रममा गर्भमा रहेको शिशुको मृत्यु भएको छ।
बैतडीको सिगास-६ थलाकाडाकी २० वर्षीया गर्भवती बिन्दु धामीलाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत प्रादेशिक अस्पताल पुर्याउने क्रममा मृत्यु भएको बताइएको छ। लामो समयको प्रसव पीडाका कारण बच्चाको मृत्यु भएको र अहिले धामीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
गर्भवती रहेकी धामीलाई सोमबार बिहान साडे ११ बजे थलाकाडाबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल पु-याइएको थियो। यसअघि उनि आइतबार थलाकाडा स्वास्थ्य चौकी पुगेकी थिइन्। तर स्वास्थ्य चौकीले नसक्ने भएपछि उनलाई सेनाको हेलिकप्टरमार्फत अस्पस्ताल लगिएको थियो।