
काठमाडौं छोरतेन स्नुकर क्लब, बौद्धको आयोजनामा दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगिता २५ भदौदेखि हुने भएको छ।
प्रतियोगितामा दुई सय ५६ भन्दा बढी खेलाडी सहभागी हुने अपेक्षा आयोजक क्लबका अध्यक्ष राजन लामाले गर्नुभयो।
आयोजक छोरतेन स्नुकर क्लबमै हुने प्रतियोगितामा शिर्ष तीन स्थान हात पार्नेले क्रमशः २ लाख ५१ हजार, १ लाख ११ हजार र ५१ हजार नगद प्राप्त गर्नेछन् ।
एक सय ४७ अंक ब्रेक गर्नेलाई १० लाख, सेन्चुरी ब्रेक्र गर्नेलाई एक लाख एक हजार र ८० अंकसम्म ब्रेक गर्नेलाई २५ हजार नगद,पुरस्कार प्रदान गरिने ।