
सामाजिक संजालमा देश विपरित पोष्ट गर्नेलाई साउदी अरबमा अदालतले ४५ वर्षको जेल सजाय हुने व्यवस्था रहेको छ। भर्खरै साउदी अरबको एउटा अदालतले एकजना महिलालाई सामाजिक सञ्जालको प्रयोगबाट देशलाई हानी पु-याएकोभन्दै ४५ वर्षको जेल सजाय सुनाएको एजेन्सीले जनाएको छ।
देशको समाजिक एकतामा बाधा पु-याउने हिसाबले सामाजिक संजालमा पोष्ट गरेको भन्दै उक्त देशको सरकारले महिला नोराह बिन्त सईद अल–काहतानीलाई ४५ वर्षको काराबासको सजाय सुनाइएको हो। एजेन्सीको अनुसार उनि साउदी अरबको सबैभन्दा ठूला जनजाति समूहकी महिला हुन्। यो अहिले यस महिनामा महिलालाई यस्तो सजाय सुनाइएको दोस्रो घटना रहेको बताइएको छ।
यसअघि एक महिलाले आफ्नो ट्वीटरमा विचार राखेको कारणले साउदी सरकारले जेल सजाय सुनाएको थियो। ति महिलाको उमेर ३५ वर्ष रहेको जनाइएको छ।
यस्तै अल–काहतानीलाई ४५ वर्षको काराबासको सजाय सुनाए पछि सिङटनस्थित मानव अधिकारवादी संस्था वाचडग डेमोक्रेसी फर अरब वल्र्डलाई लक्षित गर्दै फक्स न्यूजले उल्लेख गरेको छ। सोहि घटनाले अन्तराष्ट्रिय रुपमा विरोध भएको एजेन्सीले जनाएको छ।
अल–काहतानीले अनलाइन के पोस्ट गरे वा उनको सुनुवाई कहाँ भयो भन्ने बारेमा भने केही खुलाइएको छैन ।