नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा साविक विजेता भारतले पाकिस्तानलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पाकिस्तानलाई ३-० गोल अन्तरले हराउँदै भारतले सुखद सुरुवाट गरेको हो । भारतले पाकिस्तानविरुद्ध सुरुआती अग्रता भने आत्मघाती गोलबाट बनाएको थियो । खेलको २१ औं मिनेटमा पाकिस्तानका कप्तान मारिया खानको आत्मघाती गोल गरेपछि भारतले १–० को अग्रता बनाएको थियो ।

खेलको २३ औं मिनेटमा ग्रेस डाङमेईले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाईन् । त्यसपछि खेलको इन्जुरी समयमा सौम्याले गोल गर्दै भारतलाई ३–० को जित दिलाईन् । जितसँगै समूह ’ए’ को भारतले ३ अंक जोडेको छ ।

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।

Recent Post