नेपालगञ्जको भेरी अस्पतालमा भर्ना भएका डेंगु विरामीहरु मध्ये २ जना विरामीको मृत्यु भएको छ । गत हप्ता उक्त अस्पतालमा भर्ना भएका ति दुई विरामी उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको जनाइएको छ।

मृत्यु हुने बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ८६ वर्षीय रहेका छन्। साथै उनि सँगै भर्ना भएकी टीकापुर नगरपालिका–६ कैलाली निवासी १२ वर्षीया बालिकाको मृत्यु भएको हो। उनीहरु दुवै जना क्रमश: भदौ १४ र १९ गते भर्ना भएका थिए। भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा बद्री चापागाईं अनुसार ८६ वर्षीय वृद्धमा दमको कारण स्वासप्रश्वासमा समस्या रहेको थियो। पहिलो चरणमा डेंगु संक्रमण सामान्य रहेको र दोस्रो चरणमा संक्रमणको अवस्था गम्भीर हुने समेत चापागाईंले बताउनुभयो।

अहिले भेरी अस्पतालमा डेंगु संक्रमितको संख्या दिनदिने बढ्ने क्रम जारि रहेको छ। यस किसिमको बिरामी बढ्न थालेपछि नेपालगंज उपमहानगरपालिकाले समुदायिक स्तरमा जनचेतना जगाउंदै लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानमा जुटेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो। उहाँको अनुसार बाँकेमा डेङ्गु सङ्क्रमण फैलिन नदिन सो अभियान ल्याइएको हो।

Recent Post