बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन पश्चात अहिले उनका जेठा छोरा चार्ल्सले राजकाज सम्हाल्ने भएका छन्। बेलायतमा लामो समयसम्म महारानी एलिजावेथले गद्दी सम्हालेकी थीइन।

अहिले उनका जेठा छोरालाई राजाको सत्ता स्वत:प्राप्त गरेका छन्। यसअघि ७३ वर्षीय चार्ल्स, प्रिन्स अफ वेल्स, रानी एलिजावेथ द्वितीय र एडिनबर्गको ड्यूक प्रिन्स फिलिपको जेठो छोराको रूपमा ब्रिटिस सिंहासनको उत्तराधिकारी रहेको जनाइएको छ। बीबीसीको अनुसार चार्ल्सले राजा बन्नु अगावै कुनै पनि समारोह नै आयोजना नगरी आमाको निधन पश्चात राजा भएका हुन्।

महारानी एलिजाको शारीरिक अवस्थामा गम्भीर हुनथालेपछि उनलाई स्कटल्याण्डको दरबारमा राखिएको थियो। तर सोहि दिन उनको निधन भएको पुष्टि भयो। बीबीसीको अनुसार सन् १९५२ सालमा राजकाजको जिम्मेवारी बोकेकी साथै सामाजिक परिवर्तन गरेकी एलिजालाई उक्त दरबारमा चिकिसकाको निगरानीमा राखिएको थियो।

आज १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुखका रूपमा एलिजाको जेठा छोरा हाल बेलायतको नयाँ राजा प्रिन्स अफ वेल्स चार्ल्सले शोक मनाउने भनिएको छ।

Recent Post