सामाजिक संजालमा पुर्व प्रधानमंत्रीहरु र पुराना नेताहरुलाइ ताकेता गर्दै चलिरहेको “नो नट अगेन” अन्लाइन क्याम्पेनले जनताको ध्यानाकर्षण गर्न सफल भैसकेको छ। हालसम्म १२ हजार भन्दा बढीले यो पेज फलो पनि गरिसकेका छन्।

उनीहरुको पेजको कभर फ़ोटोमै पुर्व प्रधानमंत्री पद सम्हालिसकेका बाबुराम भट्टराइ, के पी ओली, प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, र शेर बहादुर देउवा छन् र त्यहा लेखिएको छ “नो नट अगेन”। यसको मतलब “हुदैन, अब फेरी हुदै हुदैन। पार्टीहरुले संरक्षण गरेका गुण्डा नाइकेहरुको पनि यो पेजले विरोध गर्दै आइरहेको छ।

पेजको विबरणमा भनिएको छ:

“हामी चाहन्छौ लोकतान्त्रिक मूल्य र मान्यता अगाडी व्यक्ति र व्यभिचार हावी हुनु हुदैन । दशकौ देखि उही र उस्तै मानिसहरुको चंगुलमा फसेको राजनीति र बेथितिले देश आक्रान्त बनेको छ । अवको निर्वाचनमा यस्ता नेता र प्रवृति हार्नु पर्छ, र नयाँ राम्रा अनुहारले देश चलाउन थाल्नु पर्छ । विकास र अर्थतन्त्रको खुल्ला बहस अहिलेको आवश्यकता हो।
बिकासको खास योजना प्रस्तुत गर्नै नसक्ने, केवल आसेपासे र अनुत्पादक राजनीतिक सिद्दान्त र जार्गन बोकेर झुक्काईराख्ने राजनीतिक दलका ठुला नेताहरुले मात्र शक्तिको भोग गर्नु हुदैन । उनीहरुबाट शक्ति अन्य र अरु राम्रा मानिसमा सर्नु पर्द्छ ।
अब पनि उही पुराना नेता नेतृत्वमा पुग्ने अवस्था आयो भने, त्यो बिडम्बना हुनेछ । देशको लागि त्यो अभिशाप हुनेछ । अव तपाई हामी परिवर्तन हुन आवश्यक छ ।
यस पेजमा हामीले संगति नमिलेका कुरा र कामबारे बताईरहने छौ । कसरी नेताहरुका गलत निर्णयले देश पछि पर्यो बताईरहने छौ । आउनुस सबैलाई सुसुचित गरौ कि अवको निर्वाचनमा कसले जित्नु हुदैन”

अनौठॊ अभियान जस्तो लाग्ने यो पेजमा भने लेखिएको कुराहरु भने आम मानिसलाई मन छुने कुराहरु लेखिएको छ, जुन सदैव नेपालीहरुको गुनासो जस्तो सुनिन्छ। यो अभियानले खासमा पुराना अनुहारहरुलाई स-सम्मान रुपमा राजनीतिबाट विदा गर्नुपर्ने तर्क राखेको छ।

यदि आम जनभावना र युवाहरुको मानसिकता केलाउने र भुज्ने हो भने यो अभियानले आउदो निर्वाचनमा निकै ठुलो भूमिका पनि खेल्न सक्छ। यसको प्रस्ट उदाहरण वालेन साह र अरु स्वतन्त्रहरुको जित पनि हो। पार्टिको नाम मात्रै स्वतन्त्र राख्दा समेत रवि लामिछानेले निकै जनाअशिर्वाद पाउने अनुमान छ।

यस अभियानमा सामान्य तर प्रभावकारी तथ्यहरु लेखिएको छ। केहि कुराहरु तल उल्लेख छन:
“किसानले मल नपाउने, विद्यार्थीले किताब नपाउने, नेताहरुले चै भएभरको सुबिधा पाउने ! यो कस्तो राज्य हो ? हामीलाई हाम्रो हिसाब चाहिन्छ ।”

“चुनावको मुखमा महंगी बढाएर कमिसन र घुसखोरी गर्दै सम्पति जम्मा गर्ने नेता देश र जनताप्रति वफादार हुन सक्दैन । आफ्नालागि हैन, देश र जनताका खातिर लड्ने नेतृत्व चाहिन्छ ।”

“न बाटो राम्रो छ, न त अस्पताल ठीक छ, न नै सपना देख्न पाईन्छ, न … सजिलै जागिर भेटिन्छ ! आखिर यत्तिका बर्ष सत्तामा बसेर के भयो ? हाम्रो खुसी लुट्ने को हो ?”

“हामी ले एउटै नेताहरुबाट शाशित भएर तीन पुस्ता गुजारिसकेको छौ ।”

“युवालाई अरबको तातो घाममा जोताउने,रेमिट्यान्सको पैसामा आफू यता रमाउने । हामीलाई देशमै रोजगार स्थापना गर्ने/गराउने नेतृत्व चाहियो ।”

“गुन्डागर्दीका नाईके, अपहरणकारी, हत्यारा हरुबाट हामीले कस्तो विकास, शान्ति र स्थायित्व पाउछौ ? हामीले संसदमा हाम्रालागी इमान्दार जनप्रतिनिधी खोजेका हौ ।”

“राजनीतिक लाभका खातिर सार्वजनिक जग्गा व्यापारीलाई पोसेर उनीहरुकै संरक्षण गर्ने नेताहरुले बनाएको समाज हामीले देखिसक्यौ । अब पुग्यो । राजनीतिको नाममा लुटपाट गर्ने नेता चाहिँदैन ।” बाँकी यो पेजको लिंक मा गैर हेर्न सक्नुहुनेछ।

Recent Post