श्रीलंकामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएर नेपाली टोली स्वदेश फर्किएका छन् ।

नेपाली टोली बिहीबार दिउँसो स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई एन्फका पदाधिकारीहरुले बिमानस्थलमा स्वागत गरेका थिए । कोलम्बोमा आयोजना भएको प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । बुधबार भएको पफइनलमा १० खेलाडीमा समेटिएको नेपाललाई भारतले ४–० गोल अन्तरले हराउँदै उपाधि जितेको थियो ।

स्वदेश फर्किएपछि यू–१७ नेपाली टिमका कप्तान प्रशान्त लक्समले छोटो समयमा नै राम्रो नजिता आएको भन्दै सन्तुष्ट रहेको बताउनुभयो । यू–१७ पफ्टुवलको यो सपफ्लता सुरुवात भएको भन्दै आगामी दिनमा उत्कृष्ट नतिजा ल्याउने उहाँले बताउनुभयो । उहाँले प्रतियोगीताबाट धेरै कुरा सिक्ने मौका पाएको बताउनुभयो ।

भारतले लगातार दोस्रो पटक उपाधि जितेको छ । यस्तै भारतले नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिएको थियो । नेपालले समूह चरणमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो ।

Recent Post