चितवनमा डेंगी संक्रमित एक जनाको मृत्यु भएको छ। रत्ननगर नगरपालिका-१ का २८ वर्षीय विककाे आइतबार उपचारको क्रममा मृत्यु भएको हो।

उनिलाई उच्च ज्वराे र लगातार बान्ता हुन थालेपछि आइतबार मध्याह्नतिर उपचारको लागि भरतपुरमा रहेकाे शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। साथै उनलाई अस्पताल आएकाे दुई घण्टाभित्रै मृत्यु भएको अस्पतालका चिकित्सक डा. आलाेक प्रधानले जानकारी दिनुभयो। उहाँको अनुसार यसअघि विकको परीक्षण चार पाँच दिन पहिल्यै अन्यत्र हुँदै आएको थियो।

यो वर्ष चितवनमा डेंगीका कारण मृत्यु हुने पहिलो घटना भएको समेत उहाँले बताउनुभयो।

Recent Post