‘प्रेमगीत ३’ विश्वभारको विभिन्न सिनेमा हलमा प्रदर्शन हुँदै छ। हिन्दी भाषामा समेत डब भएको बहुप्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’ शुक्रबारबाट भारत लगायत विभिन्न देशहरुमा प्रदर्शन भइरहेको छ भने हिन्दी डबको ‘प्रेमगीत ३’ नेपालमा घटस्थापनाबाट मात्र प्रदर्शन हुने चलचित्र विकास बोर्डले जनाएको छ।

बोर्डको अनुसार निर्माण कम्पनीले चलचित्र विकास बोर्डमा कर तिरेको कागजात पेश नगरेकाले सिनेमाको हिन्दी डबको सेन्सर रोकिएको हो। यस्तै उक्त चलचित्रले हिन्दी डब भएको कारण नेपालमा श्रृंखलाबद्ध विवादित हुन पुगेको थियो। तर नाम चलेका कलाकारको अभिनय, गीतसंगीतले पाएको लोकप्रियताका अहिले ठुलो जमात निर्माण गरेको छ।

यस्तैगरी लोकप्रियताको सबालमा यसको प्रभाव सिनेमाको बक्सअफिसमा पर्ने निश्चित गरिएको छ। साथै चलचित्र हेर्ने लर्को र अग्रिम टिकट बुकिङ्गले प्रेमगीत ३ को कमाइमा रेकर्डको संकेत गरिरहेको वितरक गोविन्द शाहीले बताउनुभयो। यस चलचित्रले प्रदर्शनको पहिलो दिनमै साढे २ करोड माथिको कमाइ गर्न सक्ने समेत आनुमान गरिएको उहाँले बताउनुभयो।

निर्माता तथा निर्देशक सन्तोष सेनको अनुसार सिनेमाले शुक्रवार र शनिबार ठूलो कमाइ गर्नेमा दुईमत छैन । देशभरका अधिकांश सिंगल हल कब्जा गरेको सिनेमाले मल्टीप्लेक्सहरुमा सर्वाधिक शो पाएको छ । आइतबारबाट भने सिनेमालाई दर्शकको वर्ड अफ माउथले लामो रेशको घोडा बनाउनुपर्नेछ । विश्वभरका १२ सय बढी पर्दामा रिलिज भएको सिनेमाले लामो समयसम्म दर्शकको साथ पाउने विश्वास पाउने निर्माता तथा निर्देशक सेनले बताउनुभयो।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको यस चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारको अभिनय रहेको छ । राजेश श्रेष्ठले खिचेका सिनेमा ‘प्रेमगीत ३’बाट मनिष र क्रिस्टिनाले अभिनेता तथा अभिनेत्रीको रुपमा डेब्यु गर्दैछन्।

Recent Post