नेपाली चलचित्र ‘प्रेमगीत ३’ ले अन्तराष्ट्रिय फिल्मी क्षेत्रमा फड्को मारेको छ। उक्त चलचित्रले नेपालमा मात्रै सुरुवाती अवस्थामै दुई दिनभित्रमा ४ करोड रुपैयाँ भन्दा माथि कमाएको छ। नेपाली संस्करणमा भने घरेलु बक्स अफिसमा शुक्रबार रिलिज हुनसाथ रु. २ करोड ५ लाख र शनिबार २ करोड २० लाख रुपैयाँ ग्रस कमाएको थियो।

यस्तै भारतमा ‘प्रेमगीत ३’ हिन्दी संस्करणले दुई दिनमा १ करोड ९५ लाख भारु कमाएको छ। शुक्रबार १ करोड १२ लाख र शनिबार ८३ लाख भारु कमाइ गरेको बताइएको छ।

यस्तैगरी ओभरसिजमा भने सोहि फिल्मले दुई दिनमा फिल्मले २ करोड ९० लाख भारु कमाएको थियो। यसरी विश्वव्यापी रुपमा बुझ्दा ‘प्रेमगीत’को हिन्दी र नेपाली संस्करणले दुई दिनमा जम्मा ८ करोड ७९ करोड भारु कमाएको छ। नेपालमा यसको १४ करोड ६ लाख रुपैयाँ हुन्छ। जसमा शुक्रबार ४.८४ करोड भारु र शनिबार ३.९५ करोड कमाइ गरेको जनाइएको छ।

Recent Post