मनास्लु हिमालमा अमेरिकाकी नागरिक विश्वविख्यात स्की आरोही हिलारी नेल्सनको आज शव फेला परेको छ। गत सोमबारदेखि मनास्लु हिमालमा सम्पर्कबिहिन भएकी नेल्सनको बुधबार उक्त हिमालमा मृत अवस्थामा भेटिएको जनाइएको छ।

स्रोतको अनुसार उनि स्की गर्ने क्रममा सम्पर्कबाट हराएकी थिइन्। साथै उनि हराएपछि तत्काल खोजि गर्ने शेर्पाहरुको टोली परिचालन गरिएको थियो तर उनि बुधबार मात्रै मृत भेटिएकी हुन्। ४९ वर्षीया नेल्सन २ हजार फिट गहिरो खोँचमा परेकी थिइन्।

यस्तै उनको शवलाई आज हेलिकप्टरमार्फत काठमाण्डौ ल्याउने तयारी गरिऎको समेत जनाइएको छ।

Recent Post