कांग्रेस शेखर कोइराला समूहले टिकट वितरण न्यायोचित हुनुपर्ने माग राख्दै केन्द्रिय पार्टी कार्यालयमा धर्ना दिएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको समानुपातिक सूची एक पक्षीय रुपमा निर्वाचन आयोगमा पेश गरेको भन्दै बुधबार उक्त टोलीले पार्टी कार्यले अगाडी धर्ना दिएको हो।

गत सोमबार बसेको शेखर कोइराला नेतृत्वको समूहको बैठकले बुधाबार धर्ना दिने भन्दै इतर समूहले आन्दोलित छ। नेपाली कांग्रेस पार्टीले अधिकांश रुपमा संस्थापक पक्षका नेताहरुलाई मात्रै टिकट दिएको डा. कोइराला नेतृत्वको टोलीको आरोप रहेको छ।

आफुहरुले कम्तिमा ४० प्रतिशतको हिस्सा पाउनु पर्ने भन्दै संस्थापनविरुद्ध आक्रोशपूर्ण अभिव्यक्ति समेत दिएका छन्। सोहि धर्ना

यस्तै सोहि धर्ना आज अपराह्न १२ बजे सुरु गरिएको थियो। सोहि धर्नामा कोइराला समूहका दोस्रो तहका नेताहरु गुरुराज घिमिरेदेखि जगदिश्वरनरसिंह केसीसमेत सहभागी भएका छन्। इतर समूहका नेताहरुको नाम थोरै समावेश गरिएपछि उनीहरुले आफ्नो हिस्सा लिएर छोड्ने अडान समेत लिइएको जनाइएको छ।

Recent Post