राष्ट्रिय प्रजातन्त्र पार्टी र रवीन्द्र मिश्र नेतृत्वको बृहत्तर ध्रुविकरण पक्षधरबीच एकता भएको छ। काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको एकता घोषणा सभा कार्यक्रममा घोषणापत्रमा हस्ताक्षर गर्दै राप्रपा र रविन्द्र मिश्र समूहबीच एकता भएको हो।

शंख र घण्ट बजाउंदै उनीहरु दुवै जना एक अर्कालाई माला लगाई एकतामा लागेका छन्। विचारभन्दा माथि देश अभियान चलाइरहेका मिश्रको एजेण्डा राप्रपासँग मिलेपछि राजेन्द्र लिङ्देन र उनीबीच पार्टी एकताको सहमति भएको जनाइएको छ।

Recent Post