भर्खरै राष्ट्रिय प्रजातन्त्र पार्टी सँग एकता गरेका रविन्द्र मिश्रले देशको लागि राजनीति नगरेको कारण आज एकदमै स्रोत साधन सम्पन्न देशले दु:ख पाएको बताएका छन्। व्यापार व्यक्तिगत हो तर राजनीति देशको लागि गर्ने भन्दै उनले यस्तो भनेका हुन्।

‘व्यापार व्यक्तिगत हो तर राजनीति देशको लागि गर्ने हो’ उनले भने देशको लागि गर्न सकिदैन भने नगरौं अरु धेरै कुरा गर्न सकिन्छ।’

नेपाली कांग्रेसका नेताहरुलाई प्रश्न गर्दै भन्नु भयो, ‘म माथि ४६ साल पछि काङ्ग्रेसमा बिचल आयो कि म मा धेरै बिचलन आयो ?, ५२ सालमा माओवादीले हतियार उठाउँदा खेरि कांग्रेसको सरकार थियो कि राष्ट्रिय प्रजातन्त्रको पार्टी थियो ?

यस्तै वि पी कोइराला, गणेशमान सिङ्ग र कृष्णा प्रसाद भट्टराईको सपना मारेर तपाईंहरु बिचलन ल्याउनुभयो कि मैले बिचलन ल्याएँ ?’ उनले फेरि भने।

राप्रपाले सकीनसकी आदर्श कुनै बेला टाउकोमा कफन बाँधेर, कुनै बेला कालो मुसो खाएर कुनै बेला ढुंगा खाएर ल्याएको पार्टीलाई आफुले सहायता दिनुपर्छ भनेर एकता गरेको बताउनुभयो। उनले भने’राप्रपाले सकीनसकी आदर्श कुनै बेला टाउकोमा कफन बाँधेर, कुनै बेला कालो मुसो खाएर कुनै बेला ढुंगा खाएर ल्यायो, त्यसकारण मैले त्यसमा साथ दिनुपर्छ भनेर लागेको हो।’

Recent Post