
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब मतदाताले कांग्रेस एमाले माओवादीमै बसेर पनि यसपाली ‘हलो’मा भोट हाल्न सकिने बताएका छन्। काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता घोषणा सभा कार्यक्रममा बोल्दै उहाँले यो छुट रहेको बताउनुभएको हो।
अरु पार्टीमा बसेर हलोमा भोट हाल्न सकिने भन्दै हलो आमजनताको साझा चिन्ह रहेको उहाँको भनाइ छ। साथै अहिले नेता सुधार्न दुई वटा विकल्प रहेको बताउंदै जनता अब बाठो रहेको तर्क गर्नुभयो।
उहाँले सम्पूर्ण मतदातालाई लक्षित गर्दै भन्नुभयो ‘कांग्रेसमै बसेर, एमाले, माओवादीमै बसेर यसपाली हलोमा भोट दिन पाइन्छ’ यो छुट, ‘काठमाडौंमा जस्तो एमाले भनेर हिन्ने, कांग्रेस भनेर हिन्ने भोट हाल्दा ठ्यापठ्याप हलोमा हान्ने’ ‘आमजनताको साझा चिन्ह हलो हो’
यस्तै जनतालाई सम्बोधन गर्दै नेताहरु कहिले नसुध्रिने उहाँले जिकिर गर्नुभयो। ‘नेताहरु कहिले सुध्रिनेवाल छैनन्। ‘यहि मौका हो मङ्सिर ४ गते कांग्रेस, एमाले माओवादीमा बस्ने भोट हाल्ने बेला हलोमा हाल्ने।’ जब बाकस खोलिन्छ त्यसपछि तपाइको नेताको दुई वटा विकल्प बाँकी रहन्छ, एउटा अब यस्तो धन्धा नचल्ने भयो छोडेर हिन्ने, अर्को जनता बाठो भयो नसुध्रिएर हुन्दैन भनेर सुध्रिएर जाने, ‘उहाँहरु सुध्रियो भने पनि यो अब छोडेर हिन्यो भनेपनि देशलाई फाइदा हुन्छ, हामी सबैलाई फाइदा हुन्छ।’
कार्यक्रमको सभापति रहनुभएका अध्यक्ष लिङ्देनले अन्त्यमा सबैलाई सुभकामना दिंदै कार्यक्रम समापनको घोषणा गर्नुभयो।