काठमाडौँ महानगरपालिकाले आज एक प्रेस विज्ञप्ति जारि गर्दै दशैँको सन्दर्भसँग जोडेर महानगरको फुटपाथ खाली गर्ने अभियान स्थगित नहुने जनाएको छ।

सडकमा पैदलयात्रीको पहिलो अधिकार हो र यसलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना प्रतिबद्धता पुरा गर्ने अडान लिएको छ। सहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउने हिसाबले आदान लिइएको जनाइएको छ।

यसैगरी सहरी सरसफाईलाई पूर्ण सरसफाइसम्म पु-याउने, सहरी सुन्दरता कायम गराउने जस्ता विषयलाई महानगर प्रमुख बालेन साहले नीतिगत व्यवस्था गरेर कार्यान्वयनका लागि कार्यक्रम सञ्चालन गरिरहेका बताउनुभयो। उहाँको अनुसार ‘पैदल यात्री सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइनेछ । फुटपाथमा मानव आवतजावतबाहेकका सबै क्रियाकलापलाई निषेध गरिनेछ’ भन्ने व्यवस्था गरिएको छ ।

अहिले उक्त नीति व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गराउन महानगरले सडक किनारा व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिरहेको समेत बालेनले बताउनुभयो। ‘पैदल यात्रीका लागि पर्वका समयमा फुटपाथ अझ बढी आवश्यक पर्छ । अन्य समयभन्दा योबेला जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरु किनमेलका घर वाहिर निस्कने समय हो ।’ उनले भने, ‘उहाँहरुको पैदल यात्रा सुरक्षा महानगरपालिकाको जिम्मेवारी हो । सडक व्यापारले पैदल मार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषय हो । ‘

‘सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्नेछ । यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौँ ।’अन्त्यमा, सहरी सुशासन र सहरी विकास व्यवस्थापनका सन्दर्भमा महानगरले नीतिबमोजिम आफ्ना कार्यक्रमहरुलाई निरन्तरता दिने कुरा दोहो-याउन चाहन्छौँ ।’ प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

Recent Post