
धनुषामा ४ वर्षीय आफ्नै भतिजलाई हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
क्षिरेश्वरनाथ नगरपालिका-५ बस्ने २८ वर्षीय रवी पासवानले आफ्नै ४ वर्षीय भतिज नुष पासवानको हत्या गरेको अभियोगमा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाइएको छ।
प्रहरीको अनुसार रवीले फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका अनुषको महेन्द्रनगर हेल्थ केयरमा उपचारको क्रममा मत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो ।
अहिले उक्त घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।