गत असोज ४ गते भएको लाल मोहम्मद हत्याको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८, गोठाटारस्थित कृष्ण मन्दिर नजिकैअसोज ४ गते बेलुकीको समयमा गोली हानेर मोहम्मदको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाइएको छ।

प्रहरीको अनुसार हत्या प्रकरणमा उनीहरु तीनै जना हतियार व्यवस्थापक रहेको खुल्न आएको छ। साथै उनीहरुले नै मोहम्मदको हत्याको लागि हतियार व्यवस्थापनमा सघाएको अपराध महाशाखा प्रमुख जनक भट्टराइले बताउनुभयो।

यस्तै उक्त घटनामा दुई पुरुष र एक महिला समेत संलग्न रहेकी छन्। उनि यसअघि लागूऔषध सम्बन्धी मुद्दामा जेल पनि गैसकेकी छिन्। अहिले सोहि घटनामा प्रहरी प्रधान कार्यालयले विशेष समिति बनाएर छानबिन गर्ने जनाइएको छ।

तीन जना पक्राउ परेकोबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

Recent Post