काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ट उपाध्यक्ष रविन्द्र मिश्रले आफ्नो उम्मेद्वारी दिने घोषणा गरेका छन्। उनले राप्रपासँग बुधबार एकता कायम गर्नुभएको थियो।

शुक्रबार उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको उपस्थितिमा मिश्रले आफ्नो औपचारिक रुपमा उम्म्द्वारी दिएका हुन्। साथै उनले उम्मेद्वारी घोषणा गर्ने छेउमा बेला चन्दा बाकस समेत राखेका थिए।

यसअघि उनि विवेकशील साझा पार्टीबाट आफ्नो उम्मेद्वारी दिनुभएको थियो। जसमा उनले १० हजार ११८ मत पाएर नेपाली कांग्रेसका प्रकाशमान सिंहबाट पराजित भएका थिए। सिंहले उक्त निर्वाचनमा १० हजार १३७ मतका साथ निर्वाचित भएका थिए ।

यसपटक पनि मिश्रले पहिलेको आफ्नो प्रतिद्वन्दी नेपाली कांग्रेसका सिंह सँग प्रतिस्पर्धा हुने देखिन्छ।

Recent Post