
दशैंमा घर फर्कने यात्रुहरुको उत्तिकै भिडभाड त्यसमाथि पनि टिकट पाउन पनि हम्मेहम्मे भइ रहँदा आज बिहान देखि काठमाडौंको नागढुङ्गामा सवारी साधनहरु जाम परेको जनाइएको छ। ट्राफिक प्रहरी कार्यालयको अनुसार उक्त स्थानमा सवारी साधनको चाप बढेकाले त्यहाँबाट सुरु भएको आज बिहानको जाम थानकोटसम्म आइपुगेका थियो ।
यसअघि शुक्रबार पनि सवारीसाधनहरु जाममा परेर लाममा बस्नु पर्ने अवस्था रहेको थियो। अहिले काठमाडौंको कलंकी देखि पनि सवारीसाधनहरु केहि समय रोकिंदै जानुपर्ने अवस्था रहेको छ। साथै ट्राफिक प्रहरीले उक्त भिडभाड मिलाउन समेत यतिबेला गाह्रो परिस्थति रहेको जनाइएको छ।
यस्तै गत वर्ष कोरोना कहरको समयमा दशैं राम्ररी मनाउन सकिएको थिएन । मानिसहरु जुन अवस्थामा थिए जहाँ बसेका थिए त्यहिं बसेर मनाउनु पर्ने बाध्यता रहेको थियो। तर यसपालि कोरोना संक्रमण अलि चिस्सिएपछि दशैंमा घर फर्कने यात्रुहरुको संख्या ह्वात्तै बढेको छ। दिनदिनै दसैँको मुख्य दिन नजिकिएसँगै काठमाडौं उपत्यका छाड्ने नेपालीको सङ्ख्या बढ्दो देखिन्छ।
गत असोज १० गतेदेखि १४ गते शुक्रबारसम्म कूल तीन लाख ५३ हजार ४८५ जनाले उपत्यका छोडिसकेका छन्। साथै कूल ५० हजार सवारी साधनमा उनीहरू यसरी बाहिरिए ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
घटस्थापनाको दिन ६० हजार यात्रुले उपत्यका छाडेका थिए भने अर्को दिन ७१ हजार सात सय यात्रुले उपत्यका छाडेको तथ्याङ्कमा रहेको छ। यस्तै शुक्रवार उपत्यका छाड्नेको सङ्ख्या ८४ हजार रहेको थियो।