मकवानपुरमा एक घरमा आगलागी हुँदा करिब रु ७५ लाख बराबरको धनमालको क्षति भएको भएको छ। मकवानपुरको थाहानगरपालिका–६ बज्रबाराहीमा गएराति विद्युत सट भई घरमा आगलागी हुँदा सोही वडा बस्ने मेघबहादुर बलामीको घर पूर्ण नष्ट भएको हो।

पालुङ इलाका प्रहरी कार्यालय मकवानपुरको अनुसार उक्त आगलागीबाट खाद्यान्न, लत्ताकपडा, विद्युतीय उपकरण (कम्प्युटर÷टेलिभिजन) लगायत जलेर नष्ट भएका छन्। साथै आगोलाई थाहा नगरपालिकाको दमकल, पालुङ प्रहरी र स्थानीय बासिन्दाले करिब दुई घण्टापश्चात् नियन्त्रण गरेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक दुर्गा खनालले जानकारी दिए ।

Recent Post