कालीकोटमा आज बिहानै बम बिस्फोट भएको छ। शनिबार बिहान करिब ८ बजे बम बिस्फोत हुँदा २ जना बालिकाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भए प्रहरीले जनाएको छ।

मृत्यु हुने तिलागुफा नगरपालिका–१० की ४ वर्षीया झरना थापा र अर्की ४ वर्षीय सरस्वती राना रहेका छन् , उनीहरु दुवै जनाको उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिनुभयो। उहाँको अनुसार बिस्फोटमा परि गम्भीर घाइते भएकी झरनालाई स्थानीय स्वास्थ्यचौकीमा उपचारको लागि लगिएको थियो भने सरस्वती प्रादेशिक अस्पताल सुर्खेतमा पु-याइएको थियो।

यस्तै घाइते हुनेहरुमा सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा समेत रहेको प्रहरीले जनाएको छ।

अहिले घटना स्थलमा पुगी प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा घटनास्थलमा स-साना फलामका टुक्रा भेटिएकाले सकेट बम हो कि भन्ने आशंका गरेको छ। साथै मुख्य सडकभन्दा पर विस्फोट भएकाले बम पुरानै हुन सक्ने आशंका गरिएको प्रमुख जिल्ला अधिकारी शर्माको तर्क रहेको छ। उहाँको अनुसार बालबालिकाहरुले नयाँ कुरा देखेर ढुंगा हान्दा बम विस्फोट भएको हुनसक्ने प्रजिअ शर्माले बताउनुभयो।

यस्तैगरि अहिले उक्त स्थानमा नेपाली सेनाको हेलिकप्टर पुगेर घाइते भएका बालबालिकाहरुलाई थप उपचारका लागि सुर्खेतको प्रादेशिक अस्पतालमा जनाइएको छ।

Recent Post