दुनियाकै सबैभन्दा ठुलो डान्स प्रतियोगिता “वर्ल्ड अफ डान्स” को रिजनल च्याम्पियनसिप “वर्ल्ड अफ डान्स नेपाल” को च्याम्पियनसिप सिरिज नेपालमा पहिलोपटक सम्पन्न भएको छ। म्युजिक सिटि, बालकुमारीमा भएको च्याम्पियनसिप अपर डिभिजन र टिम डिभिजन क्याटेगोरिले मात्र प्रतिस्पर्धा गरेका थिए।

वर्ल्ड अफ डान्स नेपालका लागि जजिंग प्यानलमा सेलेब्रिटि जज सबिन कार्की, बि-बोइङ्ग डान्सर निशान्त गौचन र फ्रेन्च डान्सर एलिजे बियानिक थिए। कार्यक्रमको होस्ट प्रकाश बिकले आत्तिने रमाइलो ढंगमा प्रस्तुत गरेका छन् र आफ्नो डान्सले अडियन्स पनि खुसि बनाए।

टिम डिभिजनमा सबैभन्दा उत्कृष्ट टिमको उपाधि “द लर्ड्स” ले प्राप्त गरेको छ भने दोस्रो स्थानमा ग्रुवी सोल क्रु र तेस्रो स्थानमा फ्युचर क्रु ले आफ्नो स्थान सुरक्षित गरेको छ। द लर्ड्सले पन्ध्र सय डलर उपाधि रकम पनि हात पार्यो। यी तिनै टिम डिभिजनका उत्कृष्ट टिम यहि आउने अगस्ट ११ देखि १४ सम्म “द एनाहीम कन्भेन्सन सेन्टर” क्यालिफर्नियामा सहभागी हुनेछन।

दोस्रो स्थानमा ग्रुवी सोल क्रु
र तेस्रो स्थानमा फ्युचर क्रु

अपर डिभिजनमा सबैभन्दा उत्कृष्टको उपाधि डान्सर अनिल सिंहले हात पारेका थिए भने दोस्रो स्थानमा किशोर हमाल ठकुरी र तेस्रो स्थानमा मुकेश ढकालले हात पारे।

अपर डिभिजनमा सबैभन्दा उत्कृष्टको उपाधि डान्सर अनिल सिंह
अपर डिभिजनमा दोस्रो स्थानमा किशोर हमाल ठकुरी
अपर डिभिजनमा तेस्रो स्थानमा मुकेश ढकालले हात पारे।

कार्यक्रमको अन्त्यमा सबै जजहरुले “वर्ल्ड अफ डान्स” ले नेपालमा पाइला टेकेकोमा सबै नेपाली डान्सर्सको लागि एतिहासिक पल भएको संदेश साथ्-साथै नेपाली डान्सर्सहरुलाई बधाई पनि दिएका थिए। नेपालमा “वर्ल्ड अफ डान्स” सफलतापुर्वक ल्याएकोमा सबैले कार्यक्रम संचालक विजय कार्कीलाई बधाई र धन्यवाद दिएका थिए।

जज निशान्त गौचन र सबिन कार्कीले सोलो प्रतिस्पर्धी हरुलाई अझै मिहेनत गर्न सुझाब दिएका छन्। उनीहरुले विशेष गरि सोलो प्रतिस्पर्धी हरुले धेरै कुरा ध्यानमा राख्नपर्ने संदेश दिए।

टिम डिभिजनका विजेताहरुलाई पनि जजहरुले आगामी पांच महिना निकै मिहेनत गरेर विश्व सामु नेपाली नाम र संस्कृती झल्काउने गरि प्रदर्शन र प्रतिस्पर्धा गर्न अनुरोध गरेका थिए। कार्यक्रमको अन्त्यमा जज एलिजे बियानिकले महिला प्रतिस्पर्धीहरुको सहभागिता नभएको देखेर मन खिन्न भएको बताएकी छिन ।

Recent Post